कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीले दशैंमा पनि पाएनन् जोखिम भत्ता

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना महामारीमा अग्रपङ्तीमा खटिएका स्वास्थ्यकर्मीले दशैंमा पनि जोखिम भत्ता पाएका छैनन्।
७ महिनादेखि दिनरात नभनी काम गरिरहेका उनीहरुले दशैंमा त भत्ता पाउने आश गरेका थिए । तर अहिलेसम्म कुनै सुरसार नै छैन्। आइतबार मुलुकको जेठो वीर अस्पतालका कार्यरत स्वास्थ्यकर्मी एवं कर्मचारीले भत्ता नदिएको भन्दै आन्दोलन समेत गरे । उनीहरुले अस्पतालका निर्देशक डा केदार सेन्चुरीको कार्यकक्षमा ताला समेत लगाएका थिए ।
अस्पतलका कर्मचारी भन्छन्, कोरोना महामारीमा ज्यान जोखिममा राखेर उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई ७ महिनासमम न त जोखिम भत्ता छ ? न त ओभरटाइमको थप रकम ? कसरी काम गर्ने जाँगर आउँछ । उनले भने, ‘सरकारसँग नभएर नदिएको भनेर चित्त बुझाउने ठाउँ पनि छैन् यहाँ । सांसद मन्त्रीहरुलाई दशैं भत्ता दिने पैसा हुने अनि स्वास्थ्यकर्मी जो दिनरात नभनी आफू र आफनो परिवार नै जोखिममा राखेर उपचारमा खटिएका छन् उनीहरुलाई दिने चाहिं नहुने ?’
सरकारले चैतमै कोरोना उपचार तथा निदानमा अग्रपङ्तीमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने निर्णय गरेको थियो । तर ७ महिना बितिसक्दा पनि अधिंकांस अस्पतालका स्वास्थ्यकर्मीले भत्ता त के ओभरटाइमको पैसा पनि पाएका छैनन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु