अबदेखि कोरोना संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले अब देखि कोरोना भाइरस संक्रमण पुष्टि भएमा आफ्नै खर्चमा उपचार गर्नुपर्ने जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको मिडिया ब्रिफिङमा अबदेखि कोरोना संक्रमितले आफ्नै खर्चमा परीक्षण र उपचार गर्नुपर्ने जनाएका हुन्। यस भन्दा अघि कोरोना संक्रमितको उपचार सरकारले नि: शुल्क गर्दै आएको थियो ।
डा गौतमका अनुसार अग्रपङ्तीमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अति विपन्न नागरिक, असहाय एकल महिला, अपांंगता भएका व्यक्तिको मात्रै सरकारले निशुल्क उपचार गर्ने निर्णय भएको हो । उनीहरुको हकमा पनि स्पष्ट लक्षण देखिएमा मात्र सरकारले उपचार गर्ने उनले जनाएका छन्। यदि उनीहरुले कोरोना बीमा गरेको भए सोही बीमा रकमबाट उपचार गरिने पनि डा गौतमले जानकारी दिए ।
उनले यो निर्णय आजैका मितिबाट लागू हुने पनि जनाए ।
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै