उपत्यकामा १६९८ सहित देशभर २९४२ जना संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २९४२ जना कोरोना संक्रमित थपिएका छन्।
यी मध्ये उपत्यकामा मात्रै १६९८ जनामाा संक्रमण देखिएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ । यसैगरी गत २४ घण्टामा थप २३ सय २६ जना संक्रमित कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ९२ हजार १६६ पुगेको मन्त्रालयले जनाएको छ ।
उता पछिल्लो २४ घण्टामा देशभर थप १२ जना कोरोना संक्रमितको मृत्यु भएसँगै कुल मृतकको संख्या ७३९ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर ३९ हजार ३४१ जना सक्रिय संक्रमित रहेका छन् भने ४ हजार ८३१ जना कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण