नेपाल अप्थाल्मिक सोसाइटीको अध्यक्षमा डा सैंजु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपाल अप्थाल्मिक सोसाइटीको अध्यक्षमा प्राडा रोहित सैंजु चयन भएका छन्।
कोरोना महामारीका कारण अनलाइनबाट गरिएको निर्वाचनमा डा सैंजु बिजयी भएका हुन्। अनलाइनबाटै डा सैंजुको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको छ ।
सोसाइटीको उपाध्यक्षमा प्राडा सल्मा केसी, महासचिवमा डा पुरुषोत्तम जोशी, सह सचिवमा डा कौशल पोख्रेल, कोषाध्यक्षमा डा भाइराजा श्रेष्ठ, सह -कोषाध्यक्षमा डा चाँदनी प्रधान निर्वाचित भएका छन्। यसैगरी सदस्यहरुमा डा रोशिजा खनाल, डा तेजसु सिंह मल्ल, डा अनादी केसी, डा रविन्द्र सिंह ठकुरी र डा लिली राजवंशी चयन भएका छन्।
यो समितिको कार्यकाल २ वर्षको हुनेछ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण