Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपाल अप्थाल्मिक सोसाइटीको अध्यक्षमा डा सैंजु

नेपाल अप्थाल्मिक सोसाइटीको अध्यक्षमा डा सैंजु

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपाल अप्थाल्मिक सोसाइटीको अध्यक्षमा प्राडा रोहित सैंजु चयन भएका छन्।

कोरोना महामारीका कारण अनलाइनबाट गरिएको निर्वाचनमा डा सैंजु बिजयी भएका हुन्। अनलाइनबाटै डा सैंजुको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको छ ।

सोसाइटीको उपाध्यक्षमा प्राडा सल्मा केसी, महासचिवमा डा पुरुषोत्तम जोशी, सह सचिवमा डा कौशल पोख्रेल, कोषाध्यक्षमा डा भाइराजा श्रेष्ठ, सह -कोषाध्यक्षमा डा चाँदनी प्रधान निर्वाचित भएका छन्। यसैगरी सदस्यहरुमा डा रोशिजा खनाल, डा तेजसु सिंह मल्ल, डा अनादी केसी, डा रविन्द्र सिंह ठकुरी र डा लिली राजवंशी चयन भएका छन्।

यो समितिको कार्यकाल २ वर्षको हुनेछ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार