दर खाँदा नौ जना बिरामी
सुर्खेत : तिजको दर खाँदा सुर्खेतमा नौ जना बिरामी परेका छन्।
वीरेन्द्रनगर नगरपालिका–२ दौलतपुर सुर्खेत निवासी डिलमाया सुनारको घरमा आइतबार बेलुका दर खान बोलाइएका नौ जना आफन्त बिरामी परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिए।
बिरामी सबैको उपचार मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा भइरहेकाे चाैधरीले बताए। टाउको दुख्ने, वान्ता हुने, रिङ्गटा चल्ने समस्या भएको र त्यो अवस्थामा सुधार नआएको एक बिरामीका आफन्तले जानकारी दिए।
क्षेत्रीय अस्पतालका डा नमोबुद्ध शाक्यले ‘फुड प्वाइजन’का कारण यो समस्या आएको जानकारी दिनुभयो। बिरामी सबैको उपचार भइरहेको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’