Health TV Online
Health TV Online
Health TV Online

शनिबार थपिए ३१६७ कोरोना संक्रमित, १२ जनाको मृत्यु

शनिबार थपिए ३१६७ कोरोना संक्रमित, १२ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा शनिबार थप ३१६७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर विभिन्न जिल्लामा गरी थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ । यसैगरी गत २४ घण्टामा १८ सय संक्रमितहरु कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । आज सम्म डिस्चार्ज हुनेको संख्या ८९ हजार ८४० पुगेको छ ।

उता पछिल्लो २४ भण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएसँगै कुल मृतकको संख्या ७२७ पुगेको छ । आज देशभरका प्रयोगशालामा १५ हजार ४३८ जनाको पीसीआर परीक्षण गरिएकको थियो । हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना