२४ घण्टामा २१ जना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या ७१५ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २१ जना संक्रमितको मृत्यु भएको छ ।
योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ७१५ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ३९२ जना संक्रमित थपिएसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ । यी मध्ये कोरोना संक्रमण मुक्त हुनेको संख्या ८८ हजार ४० रहेको छ भने हाल ३७ हजार ३८२ जना सक्रिय संक्रमित रहेका छन्।
मन्त्रालयका अनुसार हाल ४ हजार ८०८ जना क्वारेन्टाइनमा छन्। आजसम्म १२ लाख ५४ हजार १६७ जनाको पीसीआर परीक्षण गरिएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण