काठमाडौं उपत्यकामा २४०२ सहित थप ४३९२ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४०२ जना सहित थप ४३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा ३ हजार ५२२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। आज डिस्चार्ज भएकासँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेहरुको संख्या ८८ हजार ४० पुगेको मन्त्रालयले जनाएको छ । आज थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७१५ पुगेको छ । देशभर हाल ३७ हजार ३८२ जना सक्रिय संक्रमित रहेका छन्।
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै