नेपालमा कोरोना संक्रमितमध्ये ६९ प्रतिशत पुरुष

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ । ती मध्ये ६९ प्रतिशत भने पुरुष रहेका छन्। बाँकी ३१ प्रतिशत महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ८४ हजार ६०१ जना पुरुष र ३७ हजार १४४ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । किन पुरुषमा बढी संक्रमण देखिएको भन्ने सवालमा सरुवा रोग विशेषज्ञ डा शेर बहादुर पुन भन्छन्, ‘पुरुषहरु बढी बाहिर निस्कने, चिया -चुरोट गफ हुने, साथै रोजगारीको सिलसिलामा बाहिर रहने, मद्यपान, धुम्रपान बढी गर्ने भएकाले पनि उनीहरु बढी जोखिममा परेकोे देखिन्छ ।’
त्यसो त अन्य देशहरुमा पनि संक्रमितको अनुपात हेर्दा महिला भन्दा बढी पुरुष नै रहेका छन्। नेपालमा संक्रमितमध्ये ८४ हजार ५१८ जना निको भइसकेका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ रहेको छ । नेपालमा कोरोना संक्रमण निको हुने दर ६९ दशमलब ४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा ६९४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ भने ४ हजार ८२५ जना क्वारेन्टाइनमा रहेका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु