Health TV Online
Health TV Online
Health TV Online

थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टि, ३५६४ जना डिस्चार्ज

थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टि, ३५६४ जना डिस्चार्ज

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप ३७४९ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ ।

उता गत २४ घण्टामा मात्रै १९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६९४ पुगेको छ ।  यसैगरी पछिल्लो २४ घण्टामा ३५६४ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। हालसम्म कोरोना जित्नेको संख्या ८४ हजार ५१८ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना