डा बुद्धिमान श्रेष्ठको दोस्रो गीत ‘शीतल छायाँलाई’ बजारमा

हेल्थ टिभी अनलाइन \काठमाडौं : कान्तिपुर डेन्टल कलेजका अध्यक्ष डा बुद्धिमान श्रेण्ठको अर्को गीत बजारमा आएको छ ।
सात महिना अघि ‘बैगुनी भाग १’ लिएर आएका उनले अहिले बैगुनी भाग २ पस्केका छन्। चर्चित गायिका मेलिना राई र डा बुद्धिमानको स्वरमा सजिएको पहिलो सांगीतिक कोशेली ‘रेलले तान्यो र ,बैगुनी छौ भन्ने कस्ले जान्यो र गीत निकै हिट भएको थियो ।
बुधबार प्रिमियर भएको दोस्रो गित ‘शीतल छायाँलाई, भुल्न कहाँ सक्छु र बैगुनी हितको मायालाई ‘ बोलको यो गीतको शव्द संगीत बादल घिमिरेको रहेको छ । म्युजिक भिडियोमा नायक पल शाह र प्रियना आचार्यले अभिनय गरेका छन्। यसमा पनि मेलिना राई र उनको स्वर रहेको छ ।
पहिलो गीत जस्तै यसलाई पनि धेरैले मन पराउने विश्वास लिएको डा श्रेष्ठले जनाएका छन्।
हेर्नुहोस् भिडियो :
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु