Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डा बुद्धिमान श्रेष्ठको दोस्रो गीत ‘शीतल छायाँलाई’ बजारमा

डा बुद्धिमान श्रेष्ठको दोस्रो गीत ‘शीतल छायाँलाई’ बजारमा

हेल्थ टिभी अनलाइन \काठमाडौं : कान्तिपुर डेन्टल कलेजका अध्यक्ष डा बुद्धिमान श्रेण्ठको अर्को गीत बजारमा आएको छ ।

सात महिना अघि ‘बैगुनी भाग १’  लिएर आएका उनले अहिले बैगुनी भाग २ पस्केका छन्। चर्चित गायिका मेलिना राई र डा बुद्धिमानको स्वरमा सजिएको पहिलो सांगीतिक कोशेली ‘रेलले तान्यो र ,बैगुनी छौ भन्ने कस्ले जान्यो र गीत निकै हिट भएको थियो ।

बुधबार प्रिमियर भएको दोस्रो गित ‘शीतल छायाँलाई, भुल्न कहाँ सक्छु र बैगुनी हितको मायालाई ‘ बोलको यो गीतको शव्द संगीत बादल घिमिरेको रहेको छ । म्युजिक भिडियोमा नायक पल शाह र प्रियना आचार्यले अभिनय गरेका छन्। यसमा पनि मेलिना राई र उनको स्वर रहेको छ ।

पहिलो गीत जस्तै यसलाई पनि धेरैले मन पराउने विश्वास लिएको डा श्रेष्ठले जनाएका छन्।

हेर्नुहोस् भिडियो :

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार