‘कोरोना संक्रमणबाट बच्न नियमित हात धुने बानी बसालौँ’
हेल्थ टिभी अनलाइन \काठमाडौं : आज विश्व हात धुने दिवस । नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ । हरेक वर्ष अक्टोबर १५ का दिन विश्व हात धुने दिवस मनाउने गरिन्छ ।
साबुन पानीले नियमित बेलाबेलामा हात धोए मात्रै पनि कोरोना संक्रमणको जोखिम ३६ प्रतिशतले कम हुने विभिन्न अधययनहरुले देखाएका छन्। त्यसैले पनि यो वर्ष हात धुने दिवसको महत्व अझ बढी देखिएको छ ।
कोरोना संक्रमणबाट बच्न अपनाइने तीन वटा मूल मन्त्र २ मिटरको भौतिक दूरी, मास्कको उचित प्रयोग र साबुन पानीले हात धुने रहेको छ। त्यो मध्ये साबुन पानीले नियमित २० सेकेण्डसम्म हात धुने गरेमा कोरोनाबाट धेरै हदसम्म बच्न सकिने भन्दै विज्ञहरुले हात धुन आग्रह गर्दै आएका छन्। त्यसो त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खानेपानी मन्त्रालयसँग समन्वय गरेर एक महिनाअघिदेखि हात धुने राष्ट्रिय अभियान गरिरहेको छ । हातको सरसफाई सबैका लागि ‘ह्यान्ड हाइजिन फर अल’ भन्ने नाराका साथ यो अभियान शुरु गरिएको हो । ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले प्रत्येक दिन सर्वसाधारणलाई कोरोनाबाट बच्न हात धुनका लागि आग्रह गर्दै आएका छन्। झाडापखाला, हैजा, जन्डिस, निमोनिया जस्ता रोगबाट बच्न पनि हात धुने बानी महत्वपूर्ण मानिन्छ ।
नियमित हात धुने बानीले मात्रै पनि श्वासप्रश्वास सम्बन्धी समस्यामा २३ प्रतिशतले कमी, झाडापखालासम्बन्धी समस्यामा ४८ प्रतिशतले कमी ल्याउने अध्ययनले जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण