स्याङ्जा भीरकोटकी ५२ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्याङ्जाकी थप एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
स्याङ्जा भीरकोट वडा नं २ की ५२ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान मृत्यु भएको हो । प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै संक्रमित महिलाको उपचारकै क्रममा बिहान ९ : ३४ बजे मृत्यु भएको जनाएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५१ सय ३१ पुगेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य
स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन
नर्सिङ कर्मचारीको रात्रि भत्ता दोब्बर
नेपाल औषधि लिमिटेडलाई २५ प्रकारका औषधि उत्पादन गर्ने गरी सक्षम बनाइने