नेपालमा कोरोना संक्रमित शून्य जिल्ला मनाङ मात्रै

हेल्थ टिभी अनलाइन \काठमाडौं : हाल नेपालमा एउटा मात्र जिल्ला कोरोना संक्रमणमुक्त रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मनाङ जिल्ला मात्र यस्तो जिल्ला हो जहाँ एक जना पनि सक्रिय संक्रमित छैनन्।
माघदेखि शुरु भएको कोरोना महामारी देशको ७७ जिल्लामा फैलिएको भए पनि हाल मनाङमा भने सक्रिय संक्रमित नरहेको मन्त्रालयले जनाएको छ । मनाङमा यसभन्दा अघि संक्रमण देखिए पनि अहिले उनीहरु निको भएर डिस्चार्ज भइसकेका छन्।
नेपालमा हालसम्म १ लाख १५ हजार ३५८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ६६३ जनाले यसबाट ज्यान गुमाएका छन्। हाल देशभर ३५ हजार ९१५ जना सक्रिय संक्रमित रहेका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु