लमजुङका ५६ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अस्पतालले आज विज्ञप्ति जारी गर्दै लमजुङ वेशीशहर वडा नं २ निवासी ५६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको जनाएको छ । असोज १८ गते कोरोना पोजेटिभ भएको पुष्टि भएदेखि अस्पतालमा उपचारमा रहेका उनको आज ४ : २३ मा मृत्यु भएको अस्पतालका निर्देशक प्रा. डा अर्जुन आचार्यले जनाएका छन्।
उनी मधुमेहका बिरामी रहेको पनि अस्पतालले जनाएको छ । योसँगै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना पोजेटिभ भई उपचारका क्रममा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज ४ बजे मिडिया ब्रिफिङमा दिएको जानकारी अनुसार नेपालमा ६६३ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु