लमजुङका ५६ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अस्पतालले आज विज्ञप्ति जारी गर्दै लमजुङ वेशीशहर वडा नं २ निवासी ५६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको जनाएको छ । असोज १८ गते कोरोना पोजेटिभ भएको पुष्टि भएदेखि अस्पतालमा उपचारमा रहेका उनको आज ४ : २३ मा मृत्यु भएको अस्पतालका निर्देशक प्रा. डा अर्जुन आचार्यले जनाएका छन्।
उनी मधुमेहका बिरामी रहेको पनि अस्पतालले जनाएको छ । योसँगै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना पोजेटिभ भई उपचारका क्रममा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज ४ बजे मिडिया ब्रिफिङमा दिएको जानकारी अनुसार नेपालमा ६६३ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण