दशैंमा घर जाँदा अनिवार्य ७ दिन क्वारेन्टाइनमा बस्नुपर्ने

हेल्थ टिभी अनलाइन \काठमाडौं : दशैंमा एक ठाउँबाट अर्को ठाउँमा जाँदा अनिवार्य रुपमा ७ दिन क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दशैंमा धेरै जना गाउँ जाने भएकाले यसरी उपत्यका छोड्दा यी नियम बुझेर मात्र जानुपर्ने बताएका हुन्। उनले यात्रा गर्नु अघि ७ दिनसम्म आफूलाई सेल्फ क्वारेन्टाइनमा राखेर कुनै लक्षण नदेखिएमा मात्र यात्रा गर्न सुझाव दिए ।
यसैगरी गन्तब्यमा पुगेपछि पनि ७ दिन गाउँ नडुलेर अनिवार्य क्यारेन्टाइनमा बस्ने र यो बीचमा कोरोना सँग मिल्दो लक्षण देखिएमा तुरुन्त स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न समेत आग्रह गरे।
दशैं नजिकिंदै गर्दा धेरै जना गाउँ फर्किने भएकाले पनि यही कुरालाई मध्यनजर गर्दै कोरोना नियन्त्रणका लागि सरकारले यो नियम लागू गरेको हो ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु