२४ घण्टामा थपिए ४ हजार ४७ जना कोरोना संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ४०४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ४०४७ जना संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा १४७३ जना संक्रमित कोरोना जितरे डिस्चार्ज भएका छन्। हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ७७ हजार २७७ पुगेको छ । पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० रहेको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु