डा केसीले २८ औँ दिनमा तोडे अनसन
हेल्थ टिभी अनलाइन\ काठमाडौं : चिकित्सा शिक्षामा सुधारको माग राख्दै अनसनरत डा गोविन्द केसीले १९ औं आमरण अनसन तोडेका छन् ।
शनिबार राती सरकारसँग ८ बुँदे सहमति भएपछि डा केसीले आज २८ औं दिनमा अनसन ताेडेका हुन्।
डा केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।
डा केसी भदौ २९ गते जुम्ला पुगेर आफ्नो १९ औँ अनसन शुरु गरेका थिए । पछि सरकारले नै उनलाई जुम्लाबाट काठमाडौं ल्याएको थियो । स्वास्थ्य अवस्था नाजुक भएका कारण अनसन तोडे लगत्तै उनलाई अस्पतालकै आइसीयूमा लगिएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण