डा केसीले २८ औँ दिनमा तोडे अनसन

हेल्थ टिभी अनलाइन\ काठमाडौं : चिकित्सा शिक्षामा सुधारको माग राख्दै अनसनरत डा गोविन्द केसीले १९ औं आमरण अनसन तोडेका छन् ।
शनिबार राती सरकारसँग ८ बुँदे सहमति भएपछि डा केसीले आज २८ औं दिनमा अनसन ताेडेका हुन्।
डा केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।
डा केसी भदौ २९ गते जुम्ला पुगेर आफ्नो १९ औँ अनसन शुरु गरेका थिए । पछि सरकारले नै उनलाई जुम्लाबाट काठमाडौं ल्याएको थियो । स्वास्थ्य अवस्था नाजुक भएका कारण अनसन तोडे लगत्तै उनलाई अस्पतालकै आइसीयूमा लगिएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु