धनगढीमा ५२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

हेल्थ टिभी अनलाइन \डडेल्धुरा : धनगढीमा थप एक जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–३ का ५२ वर्षीय पुरुषको काेराेनाबाट मृत्यु भएको हो । असोज २० गते कोरोना पुष्टि भएका ती पुरुषमा स्वास्थ्यमा समस्या देखिएपछि २३ गते सेती अस्पताल भर्ना भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार मृतक पुरुष ‘क्रोनिक लिभर डिजिज’ले पनि ग्रसित थिए। आइतबार विहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु