धनगढीमा ५२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु
हेल्थ टिभी अनलाइन \डडेल्धुरा : धनगढीमा थप एक जना काेराेना संक्रमितको मृत्यु भएको छ ।
सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–३ का ५२ वर्षीय पुरुषको काेराेनाबाट मृत्यु भएको हो । असोज २० गते कोरोना पुष्टि भएका ती पुरुषमा स्वास्थ्यमा समस्या देखिएपछि २३ गते सेती अस्पताल भर्ना भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार मृतक पुरुष ‘क्रोनिक लिभर डिजिज’ले पनि ग्रसित थिए। आइतबार विहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण