बाँकेमा थप २ जना कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : बाँकेमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार कोहलपुर ८ गोल्छाकी ७१ वर्षीया महिला र नेपालगञ्ज उपमहानगरपालिका १० ट्राफिक चोकका ८४ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
योसँगै बाँकेमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २६ पुगेको छ । ७१ वर्षीया महिलामा स्वास्थ्य समस्या आएपछि असोज १४ गते अस्पताल भर्ना भएकी थिइन्। उनको स्वास्थ्य अवस्था बिग्रदै गएपछि रेमडिसिभिर र प्लाज्मा थेरापी समेत दिइएको अस्पतालले जनाएको छ । उनको उपचारकै क्रममा हिजो राती १० बजे मृत्यु भएको हो ।
यसैगरी ८४ वर्षीय पुरुषमा असोज ५ गते कोरोना पुष्टि भएको र सोही दिनदेखि अस्पतालमा भर्ना भएका उनको स्वास्थ्यमा समस्या हुँदै गएर हिजो शनिबार राती ९ : ५५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण