पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । आजै शनिबार बिहान गरिएको पीसीआर परीक्षणमा भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्री भट्टराईले आफ्नो कोरोना रिपोर्ट पोजेटिभ आएको कुरा सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्। उनले आज आफूमा कोरोना संक्रमण देखिएको र यो विचमा आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क हुन आग्रह गरेका छन्। उनको गत सोमबार गरिएको रिपोर्ट भने नेगेटिभ आएको थियो । रिपोर्ट नेगेटिभ आएपछि उपत्यकाबाहिर कार्यक्रममा गएका उनलाई काठमाडौं फर्केपछि ज्वरो आएपछि पुन आज परीक्षणका लागि स्वाब दिएका थिए ।
आज गरिएको परीक्षणमा भने पोजेटिभ आएको हो । उनले आफूलाई ज्वरो बाहेक समस्या नभएको जनाएका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु