पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । आजै शनिबार बिहान गरिएको पीसीआर परीक्षणमा भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्री भट्टराईले आफ्नो कोरोना रिपोर्ट पोजेटिभ आएको कुरा सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्। उनले आज आफूमा कोरोना संक्रमण देखिएको र यो विचमा आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क हुन आग्रह गरेका छन्। उनको गत सोमबार गरिएको रिपोर्ट भने नेगेटिभ आएको थियो । रिपोर्ट नेगेटिभ आएपछि उपत्यकाबाहिर कार्यक्रममा गएका उनलाई काठमाडौं फर्केपछि ज्वरो आएपछि पुन आज परीक्षणका लागि स्वाब दिएका थिए ।
आज गरिएको परीक्षणमा भने पोजेटिभ आएको हो । उनले आफूलाई ज्वरो बाहेक समस्या नभएको जनाएका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित