बाँकेमा १५ वर्षीय किशोरसहित थप २ जना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन \बाँके : बाँकेमा कोरोना संक्रमणबाट १५ वर्षीय किशोरसहित थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेले विज्ञप्ति जारी गर्दै ३८ वर्षीय पुरुष र १५ वर्षीय किशोरको मृत्यु भएको जनाएको हो ।
स्वास्थ्य कार्यालयका प्रमुख नरेश श्रेष्ठका अनुसार यसरी मृत्यु हुनेहरुमा बाँके कोहलपुर वडा नं ९ पिपरीका ३८ वर्षीय पुरुषको शुक्रबार राती ११ बजे भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो उनमा असोज १३ गते कोरोना पुष्टि भएको थियो ।
यसैगरी नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दाङका १५ वर्षीय किशोरको पनि हिजो शुक्रबार राती मृत्यु भएको हो । उनी दाङ घोराही उपमहानगरपालिका वडा नं ३ हुन्। उनलाई असोज १९ गते कोरोना पुष्टि भएको थियो ।
योसँगै कोरोना संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या २४ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारका लागि बाँके आएका १२ जन संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु