कोरोना संक्रमित आइसोलेसनमा नबसे ६ महिनासम्म जेल सजाय हुने

हेल्थ टिभी अनलाइन\ काठमाडौं : कोरोना संक्रमण पुष्टि भएपछि पनि आइसोलेसनमा बस्न नमान्ने वा नबस्ने संक्रमितलाई सरकारले कारवाही गर्ने चेतावनी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो समय केही सक्रमित आफूलाई संक्रमण भए पनि डुल्दै हिंडेको गुनासो आएको भन्दै यस्तो गरेको पाइएमा संक्रामक रोग ऐन अनुसार उक्त व्यक्तिलाई ६ महिनासम्मको जेला सजायँ हुने जनाएका हुन्। उनले संक्रमित व्यक्ति अनिवार्य आइसोलेसनमा बस्नुपर्ने भन्दै यसरी अटेरी गर्नेलाई कारवाही गर्न गृह मन्त्रालयमा पत्राचार गरिसकेको जनाए ।
कोरोना भाइरसले महामारीको रुप लिएका बेला प्रत्येक नागरिकले यसलाई नियन्त्रण गर्न आफनो दायित्व सम्झिँदै नियममा बस्नुपर्ने बताए । कसैले नियम तोडेर महामारी फैलिन सहयोग गर्छ भने त्यस्ता व्यक्तिलाई कडा सजायँ दिइने पनि उनले जानकारी दिए ।
उनले कोरोनाको आशंकाम स्वाब दिएपछि पनि रिपोटै नआउन्जेल अनिवार्य छुट्टै बस्नुपर्ने बताए । उनले भने, ‘स्वाब परीक्षण गर्न दिने भनेकै कोरोनाको आशंका लागे हो, त्यसैले शरीरमा भाइरस भएमा यो विचमा अरुलाई रोग सर्न सक्ने सम्भावना हुने हुँदा रिपोर्ट आउने बेलासम्मका लागि एक्लै अनिवार्य क्वारेन्टाइनमा बस्न जररी छ ।’
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु