काठमाडौं उपत्यकामा थपिए १४०९ जना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा आज थप १४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा काठमाडौंमा ११ सय १६ जना, भक्तपुरमा १३० जना र ललितपुरमा १६३ जना गरी १४०९ जनामा संक्रमण पुष्टि भएको हो ।
आज देशभरका प्रयोगशालाबाट १३ हजार २७९ जनाको पीसीआर परीक्षण गर्दा २०५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हाल देशभर २७ हजार ५३ सक्रिय संक्रमित रहेका छन्। यी मध्ये १५ हजार ८७७ जना होम आइसोलेसनमा छन् भने संस्थागत आइसोलेसनमा रहने संक्रमितको संख्या ११ हजार १७६ रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ जनासहित थप १० जना संक्रमितको मृत्यु भएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण