नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, ६ सयले गुमाए ज्यान

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप २०५९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १ लाख ६७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी गत २४ घण्टामा १६८० जना संक्रमित कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै हाल नेपालमा कोरोना जितेर निको हुनेको संख्या ७३ हजार २३ पुगेको मन्त्रालयले जनाएको छ । उता पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ ।
हालसम्म ६ सय जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु