बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका -१ धम्बोजी निवासी ८५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । आसोज २१ गते साँझ एक्कासी स्वास्थ्यमा समस्या आएपछि वृद्धालाई शुरुमा नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएकोमा त्यहाँ आइसीयू बेड नपाएपछि भेरी अस्पताल लगिएको थियो । कोरोनाको आंशका लागेर परीक्षण गर्दा २२ गते उनमा कोरोना पोजेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ ।
त्यसयता अस्पतालकै कोभिड आइसीयूमा उपचार गरिएको भए पनि स्वास्थ्य अवस्था खराब हुँदै गएर हिजो राती उनको मृत्यु भएको अस्पतालले जनाएको छ । उनी लामोसमयदेखि दमको रोगी समेत रहेको खुलेको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु