बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका -१ धम्बोजी निवासी ८५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । आसोज २१ गते साँझ एक्कासी स्वास्थ्यमा समस्या आएपछि वृद्धालाई शुरुमा नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएकोमा त्यहाँ आइसीयू बेड नपाएपछि भेरी अस्पताल लगिएको थियो । कोरोनाको आंशका लागेर परीक्षण गर्दा २२ गते उनमा कोरोना पोजेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ ।
त्यसयता अस्पतालकै कोभिड आइसीयूमा उपचार गरिएको भए पनि स्वास्थ्य अवस्था खराब हुँदै गएर हिजो राती उनको मृत्यु भएको अस्पतालले जनाएको छ । उनी लामोसमयदेखि दमको रोगी समेत रहेको खुलेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण