कोरोना कहर : दशैंमा पिङ समेत हाल्न नपाइने
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालीहरुको महान पर्व दशैं नजिकिंदै छ । तर यसपटक भने दशैंमा पिङ समेत खेल्न नपाइने भएको छ । सरकारले हिजो बिहिबार मात्र यसपटकको दशैंमा सार्वजनिक स्थलमा पिङ हालेर भिडभाड नगर्न आग्रह गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमणको जोखिम झनझन बढ्दै गएकाले दशैंमा पिङ हाल्ने र धेरै जना जम्मा भएर यसमा रमाउने काम नगर्न आग्रह गरेका हुन्। उनले पिङ हाल्दा स्वभाविक रुपमा भिडभाड हुने हुँदा त्यसो नगर्न आग्रह गरे । ‘यसपटक पिङ नखेलेर केही हुँदैन तर यसका कारण कोरोना फैलिएमा नियन्त्रण गर्न गाह्रो हुन्छ,’ उनले भने ।
त्यसो त सरकारले कोरोना महामारीका कारण यो दशैंमा जो जहाँ छ त्यहीँ बसेर मनाउन आग्रह गर्दै आएको छ । पछिल्लो समयको लकडाउन खुलेपछि घनाबस्ती भएका काठमाडौं लगायतका शहरहरुमा तिब्र रुपमा संक्रमित थपिएका छन्। जसले गर्दा संक्रमितलाई बेड पाउन समेत समस्या हुँदै आएको छ । हाल नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नजिक पुगेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण