कोरोना कहर : दशैंमा पिङ समेत हाल्न नपाइने

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालीहरुको महान पर्व दशैं नजिकिंदै छ । तर यसपटक भने दशैंमा पिङ समेत खेल्न नपाइने भएको छ । सरकारले हिजो बिहिबार मात्र यसपटकको दशैंमा सार्वजनिक स्थलमा पिङ हालेर भिडभाड नगर्न आग्रह गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमणको जोखिम झनझन बढ्दै गएकाले दशैंमा पिङ हाल्ने र धेरै जना जम्मा भएर यसमा रमाउने काम नगर्न आग्रह गरेका हुन्। उनले पिङ हाल्दा स्वभाविक रुपमा भिडभाड हुने हुँदा त्यसो नगर्न आग्रह गरे । ‘यसपटक पिङ नखेलेर केही हुँदैन तर यसका कारण कोरोना फैलिएमा नियन्त्रण गर्न गाह्रो हुन्छ,’ उनले भने ।
त्यसो त सरकारले कोरोना महामारीका कारण यो दशैंमा जो जहाँ छ त्यहीँ बसेर मनाउन आग्रह गर्दै आएको छ । पछिल्लो समयको लकडाउन खुलेपछि घनाबस्ती भएका काठमाडौं लगायतका शहरहरुमा तिब्र रुपमा संक्रमित थपिएका छन्। जसले गर्दा संक्रमितलाई बेड पाउन समेत समस्या हुँदै आएको छ । हाल नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नजिक पुगेको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु