चिकित्सा शिक्षा आयोगद्वारा पिजी प्रवेश परीक्षा स्थगित

हेल्थ टिभी अनलाइन \काठमाडौं : राष्ट्रिय चिकित्सा शिक्षा आयोगले स्नात्तकोत्तर तह (पिजी )को एकीकृत प्रवेश परीक्षा स्थगित गरेको छ।
आयोगले सर्वोच्च अदालको अन्तरिम आदेशपछि परीक्षा स्थगित गरेको जनाएको छ। आयोगले असोज २७, २८ र २९ गते प्रवेश परीक्षा मिति तोकेको थियो। तर अब अदालतको आदेश पछि उक्त मितिमा परीक्षा नहुने भएको हो। आयोगले परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सूचना जारी गरेको थियो।
आयोगले एमडि र एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिई, एमएन, एमएससी नर्सिङ, एम फर्मा, एमएससी एमआइटी लगायतका विषयमा परीक्षाको तयारी गरेको थियो।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु