काठमाडौं उपत्यकामा थप २५४० जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा काठमाडौंमा २०८५ जना, ललितपुरमा ३२० जना र भक्तपुरमा १३५ जना संक्रमित थपिएका हुन्। पछिल्लो समय कोरोनाको हटस्पट बनेको उपत्यकामा संक्रमितको संख्या दिनप्रतिदिन थपिंदै गएको छ । यसैगरी आज काठमाडौं उपत्यकामा मात्रै ५ जना संक्रमितको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार आज देशभर अहिलेसम्मकै उच्च ४ हजार ३६४ कोरोना संक्रमित थपिएका छन्।
हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या २६ हजार ६८४ पुगेको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु