दृष्टि दिवसको अवसरमा तिलगंगा आँखा अस्पतालमा ३ सय जनाको मोतिविन्दुको नि:शुल्क शल्यक्रिया
हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्व दृष्टि दिवसको अवसर पारेर तिलगंगा आँखा अस्पतालले ३ सय बढीको निशुल्क मोतिविन्दुको शल्यक्रिया गर्ने जनाएको छ ।
विश्व दृष्टि दिवसको अवसर पारेर तिलगंगा आँखा प्रतिष्ठानले धादिङ, नुवाकोट, रसुवा, ओखलढुंगा, सिन्धुपाल्चोक, रोल्पा, रामेछाप र दोलखा जिल्लाका ३ सय जना मोतिविन्दुका बिरामीको काठमाडौं स्थित तिलगंगा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गर्ने काम भईरहेको छ ।
उपरोक्त जिल्लाको उपत्यका वा आसपासका क्षेत्रमा बसोबास गरेका बिरामीले पनि यो सेवा लिन पाउँनेछन् । जसका लागि माथि उल्लेखित गरेको जिल्लामा अवस्थित जिल्ला सामुदायिक आँखा केन्द्रको सिफारिस वा जिल्ला खुल्ने परिचयपत्र र पीसीआर परिक्षणको रिपोर्ट भने ल्याउनुपर्नेछ । यो सेवा मंसीर महिनसम्म लागु हुने अस्पतालले जनाएको छ ।
निः शुल्क शल्यक्रियाको लागि अन्तराष्ट्रिय सहयोगी संस्था द फ्रेड हलोज फाउण्डेसन र हिमालयन क्याटर्याक्ट प्रोजेक्टले सहयोग गरिरहेको पनि अस्पतालले जनाएको छ । आज विश्वभरी नै आँखा स्वास्थ्यसम्बन्धी सचेतना जगाउन दृष्टि दिवस मनाइँदैछ । यसपटको दिवसको नारा ‘दृष्टि प्रतिको आश’ रहेको छ ।
नेपालमा अन्धोपनको मुख्य कारण नै मोतिविन्दु रहेको छ । ६५ प्रतिशत अन्धोपन मोतिविन्दुबाट मात्र हुने गरेको तथ्यांक छ । त्यसपछि आँखाको पर्दा जन्य रोगका कारण १३ प्रतिशत, आँखाको नानीमा हुने अन्धोपना ६ प्रतिशत, जलविन्दुका कारण ५ प्रतिशत, दृष्टिदोष ४ प्रतिशत र अन्य कारण ७ प्रतिशत रहेका छन्।
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य
स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन