Health TV Online
Health TV Online
Health TV Online

डा केसीको जीवन रक्षाको माग गर्दै चिकित्सक संघद्वारा आन्दोलनको घोषणा

डा केसीको जीवन रक्षाको माग गर्दै चिकित्सक संघद्वारा आन्दोलनको घोषणा

हेल्थ टिभी अनलाइन \काठमाडौं : चिकित्सा शिक्षामा सुधारको माग राख्दै अनसनरत डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ । डा केसीको जीवन रक्षाका लागि वार्ता टोली गठन गर्न दिएको ७२ घण्टेअल्टिमेटम सकिएलगतै संघले दबाबमुलक आन्दोलन गर्ने घोषणा गरेको हो ।

संघले भोलि २२ गते बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड १९का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने र जनस्वास्थ्यका मापदण्ड तथा सामाजिक दुरी कायम गरेर धर्ना दिने बताएको छ ।

यसैगरी भोलिदेखि नै संघका शाखा कार्यालयहरु एवं देशभरका स्वास्थ्य संस्थामा सामाजिक दूरी कायम गर्दै हातमा कालोपट्टी बाँधी रिले अनसन गर्ने र यो अवधिभर डा केसीको अनसन अन्त्यका लागि सहज वातावरण नगराइएको अवस्थामा संघ बाध्य भएर देशभरका आकस्मिक सेवा र कोभिड १९ का सेवा बाहेकका सबै सेवा २३ गते शुक्रबार ठप्प पार्ने र सेवा बहिष्कार गर्ने जनाएको छ ।

संघले डा केसीको जीवन रक्षाका लागि तुरुन्त कदम नचाल्दा उत्पन्न हुने सबै समस्याको जिम्मेवारी सरकारै हुने पनि जनाएको छ । डा केसी चिकित्सा शिक्षामा सुधारको माग राख्दै २४ दिनदेखि आमरण अनुसन बसेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना