पछिल्लो २४ घण्टामा १५ जना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या ५७८ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न जिल्लामा गरी १० जना पुरुष र ५ महिला गरी १५ जनाको मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७८ पुगेको छ ।
आज मृत्यु हुनेहरुमा ललितपुर, चितवन, रुपन्देही,दाङ र नवलपरासीमा १\ १ जना रहेका छन्।
यसैगरी मोरङका २ जना पुरुष, सिराहा र रौतहटमा पनि एक एक जना रहेको मन्त्रालयले जनाएको छ । यसैगरी काठमाडौंमा मात्रै आज ६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै १० महिला र ५ पुरुष गरी १५ जनाले पछिल्लो २४ घण्टामा कोरोनाबाट ज्यान गुमाएका छन्। नेपालमा कोरोना संक्रमणबाट हुने मृत्युदर शून्य दशमलब ६१ प्रतिशत रहेको पाइन्छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित