आज एकै दिन ३४३९ जनामा कोरोना संक्रमण पुष्टि
देशभर सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ३४३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर थप ३४३९ जनामा संक्रमण देखिएको हो ।
योसँगै कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ ।उनीहरुमध्ये ५७८ जनाको मृत्यु भएको छ भने ६८ हजार ६६८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ११२६ जना संक्रमित कोरोना जितेर संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर २५ हजार ७ सक्रिय संक्रमित रहेका छन्। १४ हजार ४११ होम र १० हजार ५९६ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २३३ जनाको आईसीयू र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १० जना पुरुष र ५ महिलासहित थप १५ जना संक्रमितको मृत्यु भएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु