झापामा कोरोना संक्रमित २ महिने शिशुको मृत्यु
हेल्थ टिभी अनलाइन \झापा : झापाको मेची प्रादेशिक अस्पताल भद्रपुरमा कोरोना संक्रमणका कारण एक जना शिशुको मृत्यु भएको छ ।
भद्रपुर–८ का दुई महिने शिशुमा मृत्युपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
आफन्तले अस्पतालबाट शिशुको शव बुझेर घर लगेको तीन घण्टापछि कोरोनाको रिपोर्ट आएको अस्पतालले जनाएको छ । शिशुमा निमोनियासँगै श्वासप्रश्वासको समस्या देखिएपछि मंगलबार बिहान अस्पताल भर्ना गरिएको थियो।
अस्पताल आएको शिशुमा कोरोनासँग मिल्ने लक्षण देखा परेपछि स्वाब संकलन गरेर परीक्षण गर्दा आज रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण