जनस्वास्थ्यका मापदण्ड अपनाउँदै परीक्षा सञ्चालन गर्न दिने सरकारको निर्णय

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले आवश्यक जनस्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सबै तहका विद्यालय तथा विश्वविद्यालयहरुलाई परीक्षा सञ्चालन गर्न स्वीकृति दिएको छ ।
बुधबार मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सबै विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद्, विद्यालय तथा शिक्षण संस्थाहरूलाई परीक्षा लिन स्वीकृति दिने निर्णय गरेको जानकारी दिएका हुन्।
व्यवसायीक तालिम प्रदायकहरूलाई पनि तालिम दिन स्वीकृति दिइएको छ । बताउनुभयो । तालिम प्रदायक संस्थाहरूले २५ जना संख्या नबढ्ने गरी तालिमका कार्यक्रम सञ्चालन गर्न सक्ने मन्त्री ज्ञवालीले जनाए ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु