नेपालमा झण्डै ११ लाख नमूना परीक्षण गर्दा ९० हजार ८१४ जनामा भेटियो कोरोना

हेल्थ टिभी अनलाइन \ काठमाडौं : नेपालमा हालसम्म झण्डै ११ लाख पीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको तथ्यांक अनुसार मंगलबारसम्म देशभर १० लाख ९९ हजार २७६ पीसीआर परीक्षण गरिएको हाे। झण्डै ११ लाख नमूना परीक्षण गर्दा जम्मा ९० हजार ८१४ जनामा मात्रै कोरोना भेटिएकाे छ ।
पीसीआरकाे संख्या यति भएको भए पनि यति नै जनाको पीसीआर भएको भने होइन्। किनकी एउटै व्यक्तिको पनि दुई तीन पटकसम्म पीसीआर परीक्षण गर्न सकिन्छ । अहिले नै पनि स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार कोरोना पत्ता लगाउने बेलामा र १० दिनको दिनमा पुन: परीक्षण गरी नेगेटिभ आएमा डिस्चार्ज गर्ने नियम बनाइएको छ ।
शुरुमा नेपालमा चाइनाबाट आएका विद्यार्थीमा पहिलोपटक संक्रमण देखिंदा नेपालमा एउटा पनि पीसीआर ल्याब थिएन । सरकारले पहिलो संक्रमितको स्वाबमा कोरोना भाइरस छ छैन् पत्ता लगाउन स्वाबको नमुना हङकङ पठाएको थियो । त्यसपछि भने अहिले सरकारले देशभर ४० वटा पीसीआर ल्याब स्थापना गरेर ७ वटै प्रदेशबाट परीक्षण गरिरहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम बताउँछन्।
शुरुमा ५ हजार ५ सय शुल्क तोकिएकोमा हाल २ हजारमै पीसीआर परीक्षण हुने गरेको छ । यद्यपी मापदण्ड पुगेका व्यक्तिको भने सरकारले निशुल्क परीक्षण गर्दै आएको छ । हाल नेपालमा कुल कोरोना संक्रमितको संख्या ९० हजार ८१४ रहेको छ भने त्यसमध्ये ६७ हजार ५४२ जनाले कोरोना जितेर निको भइसकेका छन्।
देशभर ७०९ जना मात्र सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु