पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या ५६३ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न जिल्लामा गरी ५ जना पुरुष र ४ महिला गरी ९ जनाको मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६३ पुगेको छ । आज मृत्यु हुनेहरुमा तेह्रथुम र सुनरीका १ \१ जना पुरुष, चितवन र नवलपरासी पूर्वका एक महिला र एक पुरुष रहेका छन्।
यसैगरी काठमाडौंका २ जना महिला र ललितपुरका एक महिला र २ पुरुष रहेका छन्। नेपालमा कोरोना संक्रमणबाट हुने मृत्यु दर शून्य दशमलब ६२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य