काठमाडौं उपत्यकामा १०१७ जना कोरोना संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा थप १०१७ जना नयाँ संक्रमित फेला परेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ७८३ जना, भक्तपुरमा ११६ जना र ललितपुरमा ११८ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार देशभर आज १५५१ जना संक्रमित थपिंदा उपत्यकामा मात्रै १०१७ जना थपिएका हुन्।
पछिल्लो २४ घण्टामा कोरोनाको आशंकामा ११ हजार ४७ जनाको पीसीआर परीक्षण गरिएको थियो । हाल २२ हजार ७०९ जना सक्रिय संक्रमित रहेका छन्। यसैगरी गत २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कुल मृत्युको संख्या ५६३ पुगेको छ ।
काठमाडौं उपत्यकामा मात्रै आज ५ जना संक्रमितको मृत्यु भएको छ ।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त