काठमाडौं उपत्यकामा १०१७ जना कोरोना संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा थप १०१७ जना नयाँ संक्रमित फेला परेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ७८३ जना, भक्तपुरमा ११६ जना र ललितपुरमा ११८ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार देशभर आज १५५१ जना संक्रमित थपिंदा उपत्यकामा मात्रै १०१७ जना थपिएका हुन्।
पछिल्लो २४ घण्टामा कोरोनाको आशंकामा ११ हजार ४७ जनाको पीसीआर परीक्षण गरिएको थियो । हाल २२ हजार ७०९ जना सक्रिय संक्रमित रहेका छन्। यसैगरी गत २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कुल मृत्युको संख्या ५६३ पुगेको छ ।
काठमाडौं उपत्यकामा मात्रै आज ५ जना संक्रमितको मृत्यु भएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण