थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कुल कोरोना सक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ । हाल देशभर २२ हजार ७०९ जना सक्रिय संक्रमित रहेका छन्।
यसैगरी गत २४ घण्टामा थप २ हजार ३४० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या ६७ हजार ५४२ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल ४ हजार २२१ जना क्वारेन्टाइनमा रहेका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु