देशभरका ठूला अस्पतालका निर्देशकहरुसँग मन्त्री ढकालले गरे छलफल
हेल्थ टिभी अनलाइन\ काठमाडौं : कोरोना संक्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले देशभरका ठूला अस्पतालका निर्देशकहरुसँग भर्चुअल रुपमा छलफल गरेका छन्।
कोभिड -१९ विरुद्ध फ्रन्टलाइनमा रहेर काम गरिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल बढाउन साथै भइरहेका गतिविधिकाबारेमा जानकारी लिन मन्त्री ढकालले उनीहरुसँग छलफल गरेका हुन्।
छलफलका क्रममा मन्त्री ढकालले स्वास्थ्यकर्मीहरुलाई उच्च मनोबलका साथ काम गर्न र केही समस्या परे मन्त्रालययमा तुरुन्त खबर गर्न निर्देशन दिएका थिए । उनले बिरामीलाई केन्द्रमा राखेर काम गर्न सबै निर्देशकहरुलाई निर्देशन समेत दिए । चाडबाडहरु नजिकिँदै गर्दा संक्रमणको जोखिम झनै बढ्नसक्ने भन्दै यसका लागि विशेष तयारीका साथ काम गर्न समेत उनले निर्देशन दिए ।
छलफलमा २५ वटा अस्पतालका निर्देशकहरु सहभागी भएका थिए । उनीहरुले अहिले आफूहरुले भोगेका समस्या र अवस्थाकाबारेमा मन्त्रीलाई जानकारी गराएका थिए ।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त