२४ घण्टामा १९ जना संक्रमितको मृत्यु, उपत्यकामा मात्रै १२ जनाले गुमाए ज्यान
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५४ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ५ महिला र १४ जना पुरुष गरी १९ जना संक्रमितको मृत्यु भएको हो । यसरी एकैदिन मृत्यु हुने यो अहिलेसम्मकै उच्च संख्या हो ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५४ पुगेको छ । यसरी मृत्यु हुनेहरुमा सुनसरी र पर्सामा १ \१ जना, सर्लाहीमा २ जना, चितवनमा १ जना रहेका छन्। यसैगरी गोरखा र नवलपरसाीमा पनि १ \१ जना संक्रमितको गत २४ घण्टामा मृत्यु भएको जनाइएको छ । सबैभन्दा धेरै काठमाडौं उपत्यकामा मात्रै १२ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । यसमध्ये काठमाडौंका ३ जना महिला र ६ जना पुरुष रहेका छन् । उता ललितपुरमा मात्रै ३ जना पुरुष संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय नेपालमा संक्रमित र मृत्यु दर पनि बढ्दो क्रममा रहेको छ । यसमा पनि काठमाडौं उपत्यका सबैभन्दा बढी जोखिममा रहेको जनाइएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण