परोपकार प्रसुति गृहमा २८ वर्षीया महिलाले एकै पटकमा जन्माइन् ५ शिशु

हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा एक महिलाले एकैपटकमा ५ शिशुलाई जन्म दिएकी छन् ।
नुवाकोटकी २८ बर्षीया सोमिका तामाङले एकैपटक ५ जना शिशुलाई जन्म दिएकी हुन् । ५ शिशुमध्ये एक शिशुको भने आमाको पेटमै मृत्यु भएको अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा कृतिपाल सुवेदीले जनाएका छन्। अन्य ४ शिशुको स्वास्थ्य अवस्था भने सामान्य रहेको र उनीहरुलाई एनआइसीयूमा राखिएको अस्पतालले जनाएको छ । आमा र ४ शिशुको स्वास्थ्य अवस्था पनि सामान्य रहेको अस्पतालले जनाएको छ ।
यसरी एकैपटकमा ५ शिशु जन्माउनु दुर्लभ घटना मानिन्छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु