स्वास्थ्य मन्त्रालयले भन्यो, यसपालीको दशैं जो जहाँ छौँ, त्यही मनाऔँ
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढिरहेकोले यसपालीको दशैँ जो जहाँ छ त्यही मनाउन आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको भन्दै यसलाई नियन्त्रण गर्न यसपटकको दशैँ जो जहाँ छ त्यहीँ मनाउन आग्रह गरे । उनले भने, ‘काठमाडौं उपत्यका लगायतका ठूला शहरमा कोराना भयावह रुपमा फैलँदो छ त्यसैले दशैंँमा गाउँ गएर बुढाबुढी भएका बाबुआमालाई रोग नसारौँ । यो भिडभाड गर्ने बेला होईन्। बरु यस पटकको दशैै जो जहाँ छौँ त्यही मनाऔँं । दशैं त अर्को वर्ष पनि आउँछ ।’
डा गौतमले जनस्वास्थ्यका मापदण्ड पालना गर्दै आफनो परिवारमा मात्र बसेर चाडबाड मनाउन सकियो भने मात्र पनि धेरै हदसम्म यसलाई नियन्त्रण गर्न सहयोग मिल्छ ।
पछिल्लो समय देशभर कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ । काठमाडौं उपत्यका झनै हटस्पट बन्दै गएको मन्त्रालयले जनाएको छ । यही संख्यामा संक्रमित थपिंदै जाँदा बेड नपाउन सकिने भन्दै मन्त्रालयले सबैलाई सकेसम्म घरबाहिर ननिस्कन र निस्कनै परे जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ ।
गत २४ घण्टामा मात्रै दशेभर २२५३ जना संक्रमित थपिएका छन् भने ७ जना संक्रमितको मृत्यु भएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण