स्वास्थ्य मन्त्रालयले भन्यो, यसपालीको दशैं जो जहाँ छौँ, त्यही मनाऔँ

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढिरहेकोले यसपालीको दशैँ जो जहाँ छ त्यही मनाउन आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको भन्दै यसलाई नियन्त्रण गर्न यसपटकको दशैँ जो जहाँ छ त्यहीँ मनाउन आग्रह गरे । उनले भने, ‘काठमाडौं उपत्यका लगायतका ठूला शहरमा कोराना भयावह रुपमा फैलँदो छ त्यसैले दशैंँमा गाउँ गएर बुढाबुढी भएका बाबुआमालाई रोग नसारौँ । यो भिडभाड गर्ने बेला होईन्। बरु यस पटकको दशैै जो जहाँ छौँ त्यही मनाऔँं । दशैं त अर्को वर्ष पनि आउँछ ।’
डा गौतमले जनस्वास्थ्यका मापदण्ड पालना गर्दै आफनो परिवारमा मात्र बसेर चाडबाड मनाउन सकियो भने मात्र पनि धेरै हदसम्म यसलाई नियन्त्रण गर्न सहयोग मिल्छ ।
पछिल्लो समय देशभर कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ । काठमाडौं उपत्यका झनै हटस्पट बन्दै गएको मन्त्रालयले जनाएको छ । यही संख्यामा संक्रमित थपिंदै जाँदा बेड नपाउन सकिने भन्दै मन्त्रालयले सबैलाई सकेसम्म घरबाहिर ननिस्कन र निस्कनै परे जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ ।
गत २४ घण्टामा मात्रै दशेभर २२५३ जना संक्रमित थपिएका छन् भने ७ जना संक्रमितको मृत्यु भएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु