थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि, १३२९ जना डिस्चार्ज
काठमाडौं उपत्यकामा मात्रै १५९९ संक्रमित थपिए

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २२५३ जनामा कोरोना संक्रमण देखिएको हो । यसैगरी गत २४ घण्टामा १३२९ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। आज डिस्चार्ज भएकाहरुसँगै हालसम्म कोरोना जित्नेको संख्या ६४ हजार ६९ पुगेको मन्त्रालयले जनाएको छ ।
देशभर २२ हजार २१९ जना सक्रिय संक्रमित रहेका छन् जो संस्थागत र होम आइसोलेसनमा रहेका छन्। काठमाडौं उपत्यकामा मात्रै आज १५९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु