पूर्व स्वास्थ्यमन्त्री गगन थापालाई कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका सांसद गगन थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
थापाले आफनो फेसबुक पेज मार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन्। उनले आफूले असोज १५ गते पार्टी कार्यालयमा भएको स्वाब संकलन कार्यमा कोरोना परीक्षणका लागि स्वाबको नमुना दिएकोमा आज कोरोना रिपोर्ट पोजेटिभ आएको बताएका हुन्। थापाले लेखेका छन्, ‘मलाई कोरोना पुष्टि भए पनि स्वास्थ्य अवस्था सामान्य रहेको छ । त्यसैले होम आइसोलेसनमै छु ।’
उनले यो बिचमा आफनो सम्पर्कमा आएकाहरुलाई सजगता अपनाउन र स्वास्थ्यकर्मीसँग सल्लाह लिन आग्रह गरेका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु