थप २१२० जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्रै ११७७ जना थपिए
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप २१२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २१२० जनामा कोरोना देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ । यसैगरी गत २४ घण्टामा २०४४ जना कोरोना जितेर डिस्तार्ज भएका छन्। हालसम्म कोरोना जितेर आइसोलेसनबाट डिस्चार्ज हुनेको संख्या नै ६२ हजार ७४० पुगेको मन्त्रालयले जनाएको छ ।
यसैगरी आज थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ३०२ पुगेको छ । नेपालमा हालसम्म कोरोेना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५२८ पुगेको छ ।
यसैगरी काठमाडौं उपत्यकामा मात्रै आज ११७७ जना संक्रमित थपिएका छन्।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त