भेरी अस्पतालमा धनगढीकी २५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : बाँकेको भेरी अस्पतालमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अस्पतालका अनुसार धनगढी उपमहानगरपालिका सन्तोषी टोलमा स्थायी घर भई कामको शिलशिलामा नेपालगञ्ज बाँके गाउँमा डेरामा बस्दै आएकी २५ वर्षीया महिलाको कोरोनाको कारण मृत्यु भएको हो । भदौ ३० गते स्वास्थ्यमा समस्या आएपछि भेरी अस्पतालमा आएकी उनको कोरोना परीक्षण गर्दा सोही दिन कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । त्यसपछि भेरी अस्पतालमा भर्ना गरेर उपचार शुरु गरिएको भए पनि स्वास्थ्यमा समस्या आएपछि प्लाज्मा थेरापी र रेमडिसिभिर औषधि समेत चलाईएकोमा सुधार नभएको अस्पतालले जनाएको छ ।
आज बिहानदेखि भेन्टिलेटरमा राखिएको भए पनि उनको उपचारकै क्रममा साँझ ४ :४५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९ पुगेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित