भेरी अस्पतालमा धनगढीकी २५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : बाँकेको भेरी अस्पतालमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अस्पतालका अनुसार धनगढी उपमहानगरपालिका सन्तोषी टोलमा स्थायी घर भई कामको शिलशिलामा नेपालगञ्ज बाँके गाउँमा डेरामा बस्दै आएकी २५ वर्षीया महिलाको कोरोनाको कारण मृत्यु भएको हो । भदौ ३० गते स्वास्थ्यमा समस्या आएपछि भेरी अस्पतालमा आएकी उनको कोरोना परीक्षण गर्दा सोही दिन कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । त्यसपछि भेरी अस्पतालमा भर्ना गरेर उपचार शुरु गरिएको भए पनि स्वास्थ्यमा समस्या आएपछि प्लाज्मा थेरापी र रेमडिसिभिर औषधि समेत चलाईएकोमा सुधार नभएको अस्पतालले जनाएको छ ।
आज बिहानदेखि भेन्टिलेटरमा राखिएको भए पनि उनको उपचारकै क्रममा साँझ ४ :४५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९ पुगेको छ ।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त