काठमाडौं उपत्यकामा एकैदिन अहिलेसम्मकै धेरै १६३८ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौं उपत्यकामा एकैदिन अहिलेसम्मकै धेरै १६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकामा संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका १२ सय ८० जना, भक्तपुरका १९६ र ललितपुरका १६२ जना रहेका छन्।
पछिल्लो २४ घण्टामा देशभर २७२२ जना संक्रमित थपिएका छन्। याेसँगै नेपालमा संक्रमितको कूल संख्या ८२ हजार ४५० पुगेको छ।
यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ५ जनासहित थप ११ जना संक्रमितको कोरोना संक्रमणबाट ज्यान गएको छ । हालसम्म नेपालमा ५२० जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार