धनगढीमा ६० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु
हेल्थ टिभी अनलाइन \डडेल्धुरा : धनगढीकी कोरोना संक्रमित महिलाको आज उपचारकै क्रममा मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–१ की ६० बर्षीया संक्रमित महिलाको मृत्यु भएको हो।
मृतक महिलामा असोज १० गते कोरोना पुष्टि भएको थियो । त्यसयता सोही अस्पतालमा उपचार भइहरेकोमा आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार मृतक महिलाको स्वास्थ्य अवस्था खस्कँदै गएपछि अस्पतालको आइसीयूममा राखेर उपचार भइरहेको थियो।
योसँगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ।
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य
स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन