पीसीआर परीक्षण शुल्कबारे निजी अस्पताल तथा ल्याबले निकाले संयुक्त विज्ञप्ति

हेल्थ टिभी अनलाइन \काठमाडौं : पीसीआर परीक्षणको शुल्कलाई लिएर विभिन्न सञ्चार माध्यममा समाचार आएपछि पीसीआर परीक्षण गर्दै आएका निजी अस्पताल तथा ल्याबले आइतबार संयुक्त विज्ञप्ति निकालेका छन्।
उपत्यकाका ८ वटा संस्थाले हस्ताक्षर गरेको विज्ञप्तिमा पीसीआर परीक्षणको शुल्कको विषयमा आएका समाचारमा ध्यानाकर्षण भएको जनाइएको छ । विज्ञप्तिमा हस्ताक्षर गर्दै उनीहरुले सरकारले पीसीआरको नयाँ शुल्क तोकेको भए पनि यस विषयमा स्वास्थ्य मन्त्रालयसँग छलफल भइरहेको र यसलाई कसरी वैज्ञानिक बनाउन सकिन्छ भन्नेमा लागिरेहका बेला निजी अस्पताल र ल्याबकाबारेमा नकारात्मक टिका टिप्पणी आउनु दुखद भएको जनाएका छन्। कोरोना महामारीका बेला निजी अस्पताल तथा ल्याबले सरकारलाई नै सहयोग गरिरहेको भन्दै नयाँ शुल्कको विषयमा यसअघि नै मन्त्रालयमा विज्ञप्ति बुझाइएको र शुल्क समायोजन गर्नेतर्फ कुरा भइहरेहेकै बेला यस्ता समाचार आएको विज्ञप्तिमा उल्लेख छ ।
सरकारी अस्पताल तथा ल्याबमा प्रयोग हुने रिएजेन्टदेखि पीपीई सबै सरकारले नै उपलब्ध गराउने हुँदा सरकारी ल्याबमा २ हजारमा परीक्षण गर्न सकिने तर त्यही कुरा निजीमा सबै आफैले व्यवस्थापन गर्दा भने अहिले तोकेको २ हजार रुपैयाँमा खर्च पनि नउठ्ने हुँदा यसबारे मन्त्रालयलाई जानकारी गराएर आफूहरुले हालका लागि ३ हजार ८९९ रपैयाँ लिएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा मन्त्रालयसँगको छलफलबाट नयाँ सन्तुलित र न्यायोचित दररेट निर्धारण नहुँदा सम्मका लागि यस विषयमा नकारात्मक टिकाटिप्पणी नगरिदिनुहुन अनुरोध गर्दछौं उल्लेख गरिएको छ ।
सरकारले पीसीआरको शुरुमा ५५ सय रुपैयाँ र त्यसअछि ४४ सय रुपैयाँ कायम गरेको थियो । पछि पुन मूल्य घटाएर दुई साताअघि २ हजार रुपैयाँ बनाएको थियो । तर निजी अस्पताल र ल्याबहरुले भने सरकारको सो निर्णयले आफूहरु मर्कामा परेको भन्दै वैज्ञानिक ढंगले शुल्क तोक्न विज्ञप्ति नै बुझाएका थिए ।
विज्ञप्ति :
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु