पीसीआर परीक्षण शुल्कबारे निजी अस्पताल तथा ल्याबले निकाले संयुक्त विज्ञप्ति
हेल्थ टिभी अनलाइन \काठमाडौं : पीसीआर परीक्षणको शुल्कलाई लिएर विभिन्न सञ्चार माध्यममा समाचार आएपछि पीसीआर परीक्षण गर्दै आएका निजी अस्पताल तथा ल्याबले आइतबार संयुक्त विज्ञप्ति निकालेका छन्।
उपत्यकाका ८ वटा संस्थाले हस्ताक्षर गरेको विज्ञप्तिमा पीसीआर परीक्षणको शुल्कको विषयमा आएका समाचारमा ध्यानाकर्षण भएको जनाइएको छ । विज्ञप्तिमा हस्ताक्षर गर्दै उनीहरुले सरकारले पीसीआरको नयाँ शुल्क तोकेको भए पनि यस विषयमा स्वास्थ्य मन्त्रालयसँग छलफल भइरहेको र यसलाई कसरी वैज्ञानिक बनाउन सकिन्छ भन्नेमा लागिरेहका बेला निजी अस्पताल र ल्याबकाबारेमा नकारात्मक टिका टिप्पणी आउनु दुखद भएको जनाएका छन्। कोरोना महामारीका बेला निजी अस्पताल तथा ल्याबले सरकारलाई नै सहयोग गरिरहेको भन्दै नयाँ शुल्कको विषयमा यसअघि नै मन्त्रालयमा विज्ञप्ति बुझाइएको र शुल्क समायोजन गर्नेतर्फ कुरा भइहरेहेकै बेला यस्ता समाचार आएको विज्ञप्तिमा उल्लेख छ ।
सरकारी अस्पताल तथा ल्याबमा प्रयोग हुने रिएजेन्टदेखि पीपीई सबै सरकारले नै उपलब्ध गराउने हुँदा सरकारी ल्याबमा २ हजारमा परीक्षण गर्न सकिने तर त्यही कुरा निजीमा सबै आफैले व्यवस्थापन गर्दा भने अहिले तोकेको २ हजार रुपैयाँमा खर्च पनि नउठ्ने हुँदा यसबारे मन्त्रालयलाई जानकारी गराएर आफूहरुले हालका लागि ३ हजार ८९९ रपैयाँ लिएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा मन्त्रालयसँगको छलफलबाट नयाँ सन्तुलित र न्यायोचित दररेट निर्धारण नहुँदा सम्मका लागि यस विषयमा नकारात्मक टिकाटिप्पणी नगरिदिनुहुन अनुरोध गर्दछौं उल्लेख गरिएको छ ।
सरकारले पीसीआरको शुरुमा ५५ सय रुपैयाँ र त्यसअछि ४४ सय रुपैयाँ कायम गरेको थियो । पछि पुन मूल्य घटाएर दुई साताअघि २ हजार रुपैयाँ बनाएको थियो । तर निजी अस्पताल र ल्याबहरुले भने सरकारको सो निर्णयले आफूहरु मर्कामा परेको भन्दै वैज्ञानिक ढंगले शुल्क तोक्न विज्ञप्ति नै बुझाएका थिए ।
विज्ञप्ति :






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण